


प्युठान, १० मंसिर : दाङ–भालुवाङ–प्यूठान सडक खण्डअन्तर्गत चैतेमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भालुवाङबाट प्युठानका लागि आउँदै गरेको लु१ज १९२७ नम्बरको सो जिप दुर्घटना हुँदा प्युठान ढुङ्गेगढीका जिप मालिक टिकाराम दर्लामीको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिपमा सवार अन्य ८ जनामध्ये ६ जना गम्भीर घाइतेलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि भैरहवा मेडिकल कलेजमा पठाइएको छ ।
गम्भीर घाइते हुनेमा प्युठान बाङ्गेसालका अन्जु पोख्रेल, वसन्ता रावत, दाखाक्वाडीका चेतनाथ योगी, दाङ्ग लाममटियाका धनबहादुर पुन, गंगा परसपुरका गीता पौडेल रहनुभएको प्यूठान प्रहरीले जनाएको छ ।
जिपचालक नभएकाले सहचालकले तीव्र गतिमा गाडी कुदाएकोले जिप दुर्घटना भएको स्थानीयले बताएका छन् । रासस
यो विषयका प्रतिक्रियाहरु
mohan gharti magar :Nov 30, 2011 01:03:51 AM
मोहन घर्ति मगर साउदी {यो कानुन न भाको देशमा जसले जे गर्दा पनि हुने खै हाम्रो पुलिश पर्साशन खै हाम्रो सरकार यदि सहि साचो र नियम पुर्बक हुन्थियो भने किन सहचालकले तिब्र गतिमा गाडी कुदायार दुर्घटनापारि यौटा निर्दोस टिकाराम को ज्यान गयो अबको दिनहरुमा पनि असतो घटना नहोस ????? यहि मेरो आम आग्रह