Sunday, 20 May 2012 01:46 pm, Nepal

लमजुङमा १४९ जना एचआइभी सङ्क्रमित

मेचीकाली : 2011-11-28 08:59:32


लमजुङ, १२ मंसिर : लमजुङ जिल्लामा यस वर्ष एड्स रोगीको सङ्ख्यामा वृद्धि भई १४९ जना पुगेको छ ।गत वर्ष १४४ जनामा एचआइभी/एड्स पाइएकामा यस वर्ष थप पाँचजनामा एचआइभी÷एड्स देखिएको जिल्ला एड्स समन्वय समिति लमजुङले जनाएको छ । समितिले लमजुङका विभिन्न ३५ गाविसमा सङ्क्रमित रहेका र तीमध्ये महिलाको सङ्ख्या ६० जना रहेको जनाएको छ ।

    सङ्क्रमितमध्ये ४० जनाले एआरटी औषधि सेवन गर्ने गरेका समितिका कार्यक्रम संयोजक विष्णुबहादुर थापाले जानकारी दिनुभयो । औषधि सेवन गर्नेमा ३३ जना प्रौढ र सात जना बालबालिका रहेका छन् ।

    लमजुङमा जिल्ला सामुदायिक अस्पतालमा एआरटी केन्द्र र खुदी, बेँसीसहर र भोटेओडारमा भिसिटी केन्द्र राखिएको र जिल्लाका विभिन्न स्थानमा गरी तीनवटा एचआइभी सूचना केन्द्र स्थापना गरिएको जनाइएको छ ।

    समितिले लमजुङका विभिन्न ११ वटा गाउँ विकास समितिमा गाउँ एड्स समन्वय समिति गठन भएको जानकारी दिएको छ ।

    जिल्ला सामुदायिक अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थामा रक्त परीक्षणपछि उल्लेखित सङ्ख्यामा एचआइभी सङ्क्रमित फेलापरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु