


कलैया, १२ मंसिर : बारा जिल्ला भगवानपुर–७ मा गएराति आगलागी हुँदा छ परिवारको छ घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब रु १४ लाख बराबरको धनसम्पत्ति नष्ट भएको सशस्त्र प्रहरी बल बोडर आउटपोस्ट गोलगन्जका निरीक्षक पङ्कज पौडेलले बताउनुभयो । स्थानीय हरिचन्द्र साह कानुको घरबाट आगलागी सुरु भएको थियो ।
सशस्त्र प्रहरी टोली र स्थानीय गाउँलेको सहयोगमा करिब एक घन्टापछि आगो नियन्त्रण गरिएको थियो ।
आगलागीको कारण र क्षति विवरणबारे हालसम्म थाहा नभएको बताइएको छ ।