Sunday, 20 May 2012 01:48 pm, Nepal

पाचौँ डिभिजन रोल्पाको पुनर्वर्गीकरण सम्पन्न

मेचीकाली : 2011-11-29 17:33:21


रोल्पा, १३ मंसिर : पाचौँ डिभिजन दहवन रोल्पामा लडाकुहरुको पुनर्वर्गीकरण आज सम्पन्न भएको छ । सेना समायोजन विशेष समिति अन्र्तगतको सचिवालयले सोमबार सम्म पुनर्वर्गीकरण सक्ने गरी काम थालेको भएपनि प्राविधिक समस्याले आज सकिएको हो । २ हजार ४ सय ३० जना लडाकुहरु रहेको पाचौँ डिभिजन दहवन रोल्पामा १ हजार २ सय ९२ जनाले समायोजन रोजेका छन् भने ९ सय ४२ जनाले स्वच्छिक रोजेका छन् ।

 तर पाचौँ डिभिजनमा पुनर्स्थापनामा जानेको संख्या सुन्य रहेको छ । आज स्वेच्छिक अवकाश रोजेका लडाकुहरुमध्ये १० जनाले समायोजनमा र समायोजनका ४ जनाले स्वेच्छिक अवकाश रोजेपछि पुनवर्गीकरण कार्य आज दिउँसो ४ बजेपछि सकिएको सुचना अधिकृत जीवन कुमार रावतले जानकारी दिनुभयो । पाचौँ डिभिजन दहवन रोल्पामा २ हजार ४ सय ३० जना लडाकुहरुको तथ्याङ्क भएपनि २ हजार २ सय ३२ जना लडाकुहरुले मात्र बर्गिकरणमा सहभागिता जनाएको सचिवालय सदस्य सिंह बहादुर श्रेष्ठले बताउनुभयो ।

छुटेका गर्भवती, अशक्त र काम विशेषले बाहिर रहेका लडाकुहरुको सचिवालयको कार्यालय काठमाण्डौमा वर्गीकरण गरिने सचिवालय सदस्य श्रेष्ठले बताउनुभयो । भोलिदेखि समायोजनमा जानेलाई रातो र स्वेच्छिक अवकाशमा जाने लडाकुहरुलाई हरियो कार्ड बितरण गरिने श्रेष्ठले बताउनुभयो । पाचौँ डिभिजन दहवन रोल्पाका लडाकुहरुमध्ये ५८ प्रतिशतले समायोजन र ४२ प्रतिशतले स्वच्छिक अवकाश रोजेको श्रेष्ठले बताउनुभयो ।

यो विषयका प्रतिक्रियाहरु

mohan gharti magar :Nov 30, 2011 01:22:05 AM

लड्नु पनि कति लड्नु समायोजन गर्नु राम्रै हो तर अरु जीलालाइ भन्दा रोल्पालाई केहि फर्क ढंगले हेर्नु अनि बारे छ जस्तो लागछ हरेक कुरामा ?????नत्र कुनै बडा नआयोस पछि

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु