


इलाम, १४ मंसिर : सन्तानोत्पादन दर रोकी सम्भावित रेबिजलगायतका रोग नियन्त्रण गर्ने उद्देश्यले इलाम सदरमुकाममा कुकुर, बिरालो बन्ध्याकरण शिविर भइरहेको छ । हिजोदेखि शुरु बन्ध्याकरणमा आजसम्म २५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । पोखराको हिमालयन एनिमलस रेस्क्यू ट्रष्ट नेपालको प्राबिधिक सहयोगमा इलाम नगरपालिका कार्यालय र जिल्ला पशु सेवा कार्यालय, इलामको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
बन्ध्यकरणसँगै कुकुर, बिरालाहरुलाई निःशुल्क एन्टिरेबिज भ्याक्सिन पनि लगाइँदै गरेको जानकारी कार्यालयले दिएको छ । एक सातासम्म सञ्चालन गरिने शिविरमा दुइसय कुकुर÷बिरालोको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको टोलीले जनाएको छ ।