


रसुवा, १४ मंसिर : रसुवावासीलाई गत वर्षमा प्रदान गरिएको विद्युत् सेयरको लाभांश रकम स्थानीयस्तरबाटै भुक्तानी प्रदान गरिएको छ । राजधानीबाट भूक्तानी गर्दै आएकामा कतिपय ग्रामीणवासी सम्पर्क राख्न नआएका कारण धुन्चेमा घुम्ती कार्यदल स्थापना गरी सेयर प्रमाणपत्र र लाभांश रकम जनता बैंक मार्फत भुक्तानी दिलाइएको नागरिक लगानी कोषका फिल्ड प्रबन्धक नारायण घिमिरेले जानकारी दिनुभयो ।
चिलिमे जलविद्युत् कम्पनी मार्फत वितरण कार्य थालिएको सेयर प्रमाणपत्र र लाभांश वितरण गर्न बाँकी रहेका सात हजार रसुवालीमध्ये यही मङ्सिर ६ देखि १३ गतेसम्म तीन हजार ५०० मात्र सेयरधनी सम्पर्कमा आएको बताइएको छ ।
यो विषयका प्रतिक्रियाहरु
karkyap tamang:Dec 15, 2011 02:01:33 PM
कृपया यो चिलिमे जल बिदूद २०६७ साल मा हामीले शेयर लागि ऋण मा बारेको थियो तर अब हामीले कहिले सम्म प्रमाण पत्र हरु पाउन सकिन्छा या यो प्रमाण पत्र लिन अब हामीले के गर्नु पर्छा कृपया दुख्ख नमानी कना जानकारी गराई दिनु हुन चिलिमे जल बिदूद आयोजक हरु लाई बिनम्र अनुरोद गर्दछु