


सिन्धुपाल्चोक, १६ मंसिर : भ्यानको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु भएको घटनालाई लिएर पीडित परिवार र स्थानीय बासिन्दाले वन्द गराएको अरनिको राजमार्गमा यातायात सुचारु भएको छ । बिहानैदेखि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौर र बलेफी बजारमा अवरोध खडा गरेर सवारी आवागमन ठप्प पारिएको थियो ।
अवरोधले गन्तव्यमा हिंडेका दर्जनौं सवारी साधन बाटोमै रोकिएका थिए भने सयौं यात्री अलपत्र परेका थिए । प्रहरीको सक्रियतामा पीडित पक्षसँग वार्ता भइरहेकाले अवरुद्ध राजमार्ग दिउँसो २ बजेदेखि खुलेको हो । बुधबार भक्तपुरको जगातीमा ना २ ख ६०५० नम्बरको भ्यानको ठक्करबाट बा २४ प ४४२६ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक मांखा–३ का बलाराम तामाङ र हगाम–७ का १७ वर्षीय उद्धव श्रेष्ठको मृत्यु भएको थियो ।
मृत्युको खवरपछि राजमार्ग झरेका आफन्तले गएराती १० वजेपनि सवारी आवागमन अवरुद्ध पारेका थिए । अहिले पनि पीडित पक्षसँग वार्ता जारी रहेको बताइएको छ ।