Sunday, 20 May 2012 01:54 pm, Nepal

दुर्घटनामा परी वनभोजमा जाँदै गरेका तीन जनाको मृत्यु

मेचीकाली : 2011-12-03 12:52:48


इलाम, १७ मंसिर : मेची राजमार्ग अन्तर्गत इलामको कोलबुङ–९ किटेनीमा आज बिहान भएको सवारी दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । इलाम सदरमुकामस्थित पिपलबोटेबाट वनभोजका लागि झापाको जामुनखाडीतर्फ जाँदै गरेको ना४ख ६१२० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको रा१ज १६६ नम्बरको जिप आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी जिपचालक राजन राई र जिपकै अर्का यात्रु थर नखुलेका इलाम जिर्मले रम्भ्याङका राजन नामका एक युवा तथा नामथर नखुलेकी एक ३० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतक तीनैजनाको उपचारका क्रममा झापाको कन्काई र बुधबारेस्थित अस्पतालमा मृत्यु भएको थियो ।

घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु