


संखुवासभा, १८ मंसिर : संखुवासभाका पत्रकार किसोर बुढाथोकी माथि आक्रमण गर्नेलाई जिल्ला अदालत चैनपुरले ५ बर्ष कैदको फैसला गरेको छ । न्यायधिस शालीग्राम कोइरालाको इजलासले बुढाथोकीलाई आक्रमण गर्ने बिकास राई र रुपक राईलाई आज ५/५ बर्ष कैदको फैसला सुनाएको हो । ज्यान मार्ने मुद्धा अन्तर्गत उनीहरुलाई ५/५ बर्षका लागि जेल चलान गरीएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताए ।
अन्नपूर्ण पोष्टका संखुवासभा समाचारदाता रहेका बुढाथोकीलाई गत साउन २६ गते राती खा“दबारी नगरपालिका १० स्थित आफ्नै डेरामा सुतिरहेको बेला स्थानीय विकास राई र रुपक राईको समुहले अपहरणको शैलीमा निर्घात कुटपिट गरेको थियो । बुढाथोकीलाई आक्रमण गरेर फरार रहेका अभियुक्त विकास राईलाई भदौ ८ गते राती दीदीङवाट र उनका सहयोगी रुपक राईलाई भदौ २ गते प्रहरीले याफुबाट पक्राउ गरेको थियो ।