


गुल्मी, १९ मंसिर : गुल्मीको नेटामा रहेको अमर निमाविमा अध्ययनरत एक विद्यार्थी दुर्इं महिनादेखि सम्पर्कविहीन भएकी छन् । कक्षा ५ मा अध्ययनरत नेटा गाविस वडा नम्वर ५ म्यालचौरका प्रेम विककी १२ वर्षकी छोरी सङ्गिता विक वेपत्ता भएकी हुन् । घरबाट बाग्लुङको भिमगिठेमा रहेको आफन्तको घरमा असोज १३ गते गएकी संगिता वेपत्ता भएकी हुन् ।
भिमगिठेमा रहेको आफन्तको घरमा १३ दिनसम्म बसेकी सङ्गिता दगातुम्डाँडाको तालकोटमा रहेको आफन्तको घरमा पनि एक दिन बसेको पारिवारिक स्रोतले जनाएको छ । तालकोटमा १ दिन बसेपछि बाग्लुङकै खारा बजारको एक होटलमा “बुबा आमा छैनन् टुहुरी हुँ” भन्दै एक दुईदिन भाँडा माझ्छु भन्दै बसेकी संगिताको त्यसपछिको अवस्था बारेमा थाहा नभएको वुवा प्रेम विकले वताउनुभयो । उनको खोजी गरिदिन बाग्लुङको खारा बजारमा रहेको प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय बुर्तिवाङलाई आग्रह गरेपनि अहिलेसम्म छोरीको अवस्थावारे केही जानकारी नभएको वुवा प्रेमले जानकारी दिनुभयो । विककी एकमात्र छोरी दुई महिनादेखि वेपत्ता भएपछि परिवार शोकमा डुबेको छ ।