Sunday, 20 May 2012 01:55 pm, Nepal

चारदिनका लागि मस्र्याङ्दी विद्युत् गृह बन्द

मेचीकाली : 2011-12-06 11:38:54


दमौली, २० मंसिर : तनहुँको आँबुखैरेनी गाविसस्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् परियोजनाको विद्युत गृह चारदिनका लागि बन्द गरिएको छ । बाँध क्षेत्रका ढोका निर्माण गर्नका लागि विद्युत् गृह बन्द गरिएको विद्युत् गृहका प्रमुख चन्द्रशेखर चौधरीले बताउनुभयो । नदीमा पानीको बहाव घट्दै गएपछि विद्युत् गृहले ६० मेगावाट मात्रै विद्युत् उत्पादन गर्दै आएको छ ।

उक्त विद्युत् गृहबाट पूर्णरुपमा विद्युत् उत्पादन बन्द हुँदा राष्ट्रिय प्रसारणमा ठूलो असर परेको बताइएको छ । विद्युत् गृहमा रहेका युनिट नं १, २ र ३ को आउटलेटमा रहेको गेग्य्रान हटाउने कार्य भने सम्पन्न भइसकेको विद्युत् गृहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु