Sunday, 20 May 2012 01:58 pm, Nepal

जङ्गली जडीबुटी खाँदा तीनजना बेहोस

मेचीकाली : 2011-12-08 10:44:53


दमौली, २२ मंसिर : बुधबार राति जङ्गली जडीबुटी औषधी बनाएर खाँदा तनहुँमा तीनजना बेहोस भएका छन् ।  बेहोस हुनेमा व्यास– ९ निवुवाटरीका ४५ वर्षीय सन्तबहादुर विक र उनकी श्रीमती ४० वर्षीया मनुमाया विक तथा सोही ठाउँकी ३० वर्षीया लक्ष्मीकुमारी विक रहेका जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

    चामलको पिठोमा जङ्गली जडीबुटी हाली औषधि बनाएर खाँदा तीनैजना बेहोस भएका हुन् ।

    केही दिनअघि उनीहरू बस दुर्घटनामा परी घाइते भएपछि शरीर दुख्यो भन्दै जङ्गली जडीबुटी औषधिको रूपमा खाँदा त्यस्तो भएको हो ।

    उनीहरूको दमौली अस्पतालमा उपचार हुन नसकेपछि गण्डकी अस्पताल पोखरा पठाएकामा सन्तबहादुर र उनकी श्रीमती मनुमायाको होस् खुलेको र लक्ष्मीकुमारी भने अझै अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु