


सिन्धुपाल्चोक, २६ मंसिर : बत्ती बाल्न जाने क्रममा अत्याधिक विद्युत प्रवाह भइ करेन्ट लागेर आज बिहान सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्चोक गाउँ विकास समिति ५ निवासी २३ वर्षीया विरमान तमाङ रहेको प्रहरीले जनाएको छ ।
आज बिहान बत्ती बाल्न स्वीच अन गर्नै जादाँ उनको करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्षक लोकहरी खनालले जानकारी दिनुभएको छ । घटनाको थप विवरणआउन बाँकी रहेको प्रहरीले जनाएको छ ।