


इलाम, २६ मंसिर : संघिय लिम्वुवान राज्य परिषद सन्जुहाङ पालुङवाद्धारा आह्वान गरिएको अरुणपूर्ब अनिश्चितकालिन आमहड्तालका कारण इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरुको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । वन्दको दोस्रो दिन आज पनि इलामबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसधान चलेका छैनन् । शिक्षण संस्थाहरु सञ्चालन हुन नसक्दा बिद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । बजार तथा पसलहरु पनि खुलेका छैनन् ।
ताप्लेजुङवाट अन्यन्त्र जिल्लामा जाने सवारी साधन छुटेका छैनन् भने ताप्लेजुङका वजार, पसल, शैक्षिक संस्था, कलकारखाना समेत ठप्प छन् । राज्य पुनरसंरचना आयोगमा संघिय लिम्वुवान राज्य परिषदको प्रतिनीधित्व हुनुपर्ने र लिम्वुवानको ऐतिहासीक पृष्ठभूमी, भौगोलिक क्षेत्र लगायतका आधारमा स्वयत्त राज्यहरुको संवैधानीक व्यवस्था गरिनुपर्ने माग गर्दै वन्दको आहवान गर्नु परेको संघिय लिम्वुवान राज्य परिषदका अध्यक्ष सञ्जुहाङ पालुङवाले जानकारी दिनुभयो । परिषदसँग गत कात्तिक ३० गते भएको वार्तामा राज्य पुनसंरचना आयोग गठन गर्दा लिम्वुवानको पनि प्रतिनीधित्व गर्न सरकारले
संझौता गरेको थियो । सम्झौता पालना नगरेको भन्दै परिषदले आम हड्तालको आह्वान गरेको हो । यसैबिच संंिघय लिम्बूवान राज्य परिषदका केन्द्रीय सचिव भीम खत्रीले अध्यक्ष सञ्जुहाङ्ग पालुङ्वाले काठमाडौमा ककस, थरुहट, चुम्लुङ्गलगायतका समूहहरुसंग सहकार्यको बातावरण तयार गरिरहनु भएको जानकारी दिनु भएको छ ।