


कपिलबस्तु, २६ मंसिर : कपिलवस्तुको मोतिपुर गा.वि.स वडा नं ७ मधुवनमा न्वारनको भोज खाँदा ५० जना भन्दा वढि विरामी परेका छन । स्थानीय नरवहादुर रानाको नातीनीको न्वारान संगै भातख्वाई कार्यक्रममा बनाइएको खाना खाँदा उनीहरु विरामी परेका हुन् । आफुहरुले भोज खाने क्रममा मासू, पलाउ र अचार खाएको र त्यसपछि वान्ता हुने, पखाला लाग्ने र टाउको दुख्ने लक्षण देखा परेको विरामीहरुले वताएका छन् ।
भोज खाइसकेपछि साझवाट गाँउका सवैजना विरामी पर्न थालेको स्थानीयवासि यमकला थापाले वताउनुभयो । विरामीहरुमा झाडापखाला तथा टाउको दुख्ने जस्ता लक्षणहरु अझैपनि देखिएको अस्पतालले जनाएको छ । बिरामी हुनेमा ४ वर्षका वालवालीका देखि ५० वर्ष उमेरसम्मका रहेका छन् ।