Sunday, 20 May 2012 02:00 pm, Nepal

उदयपुर सिमेन्ट उद्योग धराशायी बन्दै

मेचीकाली : 2011-12-12 17:00:28


उदयपुर, २६ मंसिर : जापानको आर्थिक तथा प्राविधिक सहयोगमा अढाइ दशकअघि स्थापित उदयपुर सिमेन्ट उद्योग धरासायी बन्दै गएको त्यहाँका मजदुरले बताएका छन् । देशमा आवश्यक पर्ने सिमेन्टको ४५ प्रतिशत माग पूरा गर्ने लक्ष्यका साथ २०४४ साल जेठमा स्थापित सो उद्योग व्यवस्थापकीय कमजोरी र सरकार परिवर्तनसँगै हुने गरेको राजनीतिक नियुक्तिका कारण धराशायी बन्दै गएको उनीहरुको आरोप छ ।

     पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक दुई लाख ७७ हजार २०० मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगले लक्ष्यको ५० प्रतिशत पनि सिमेन्ट उत्पादन गर्न नसकेको मजदुर बताउँछन् ।

    समयमा मर्मतसम्भार नहँुदा उद्योगका यन्त्रका पूर्जा कमजोर बनेका कारण अधिकांश समय उद्योग बन्द हुने गरेको उद्योगको गुणस्तर नियन्त्रण शाखाले जनाएको छ ।

    विसं २०४६ सालदेखि निर्माण कार्य सुरु भई २०४९ सालदेखि गैँडाछाप सिमेन्टको उत्पादन दिन सुरु गरेको उद्योगमा गुणस्तर नियन्त्रणका लागि एक्सरे एनलाइजर र स्पेक्ट्रोफोटोमिटर जस्ता उपकरण जडान गरिएको छ ।

    गँैडाछाप सिमेन्टको गुणस्तर ११६४–१९७९ पी जेड एफ रहेको उद्योगले जनाएको छ । न्यून वातावरण प्रदूषर्ण गर्ने गरी यसको निर्माण तथा उपकरणको व्यवस्था गरिएको उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टलाई सामान्ययता पोर्टल्यान्ड सिमेन्ट भनिने गरेको मजदुर बताउँछन् ।

    उद्योग स्थापनामा परामर्श दाताको जिम्मेवारी पाएको जापानकै ओनोडा इन्जिनियरिङ कम्पनी लिमिटेड र ओभरसिज इनोमिक कोअपरेसन फन्ड जापानले महत्वपूर्ण भूमिका निर्वाहा गरेको थियो ।

    विसं २०४४ असोज २८ गते तत्कालीन सरकार र जापान सरकारबीच सम्झौता भई जापानी ऐन रु १८ अर्ब ७७ करोडको ऋण सहयोग प्राप्त भई जापानकै कावासाकी हेभी इन्डष्ट्रिज लिमिटेड र तोमेन कर्पोरेसनले निर्माण गरेका थिए ।

    विसं ०४५ मा जापान सरकारले नेपालका अर्थमन्त्रीलाई पत्र पठाएर उक्त ऋण मिनाहा गरेको जनाइएको छ ।

    उद्योगदेखि करिब २१ किलोमिटर टाढा पर्ने चिलाउने गाविसको सिदाली भन्ने स्थानमा रहेको लाइम सटोनलाई रोपवेमार्फत उद्योगसम्म ल्याएर कच्चापदार्थको रुपमा प्रयोग गर्दैआएको उद्योगको रोप पनि अहिले नचल्ने अवस्थामा पुगेको छ ।

    खानी क्षेत्रमा रहेको लाइम स्टोन उद्योग पूर्ण क्षमतामा चल्दा १५० वर्षसम्म पुग्ने सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

    यस उद्योगले सरकारलाई राजस्व र बिक्री करवापतप्रति वर्ष रु २७ करोड बुझाउनुपर्ने व्यवस्था छ भने नेपाल विद्युत् प्राधिकरणलाई रु १४ करोड वार्षिक महसुल बुझाउनुपर्ने व्यवस्था छ ।

    हाल उद्योगमा मजदुरलाई तलब खुवाउनसमेत गाह्रो परेको जनाइएको छ । उद्योगले कोइला आपूर्ति गर्ने पार्टीलाई मात्र रु छ करोढभन्दा बढी रकम बुझाउन बाँकी रहेको जनाइएको छ ।

    एसियाकै गुणस्तरिय सिमेन्ट उत्पादन गर्ने उद्योगकोरुपमा चिनारी पाएको यस उद्योगमा मुलुकमा अन्य उद्योगभन्दा उच्चकोटीको कच्चापदार्थ र अत्याधुनिक प्रविधिका कारण विदेशी सिमेन्टसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता भए पनि व्यवस्थापकीय कमजोरी र राजनीतिक नियुक्तिसँगै उद्योगभित्र मौलाएको भ्रष्टाचारका कारण उद्योग कमजोर भएको गुनासो मजदुरहरूको छ । 

    यसैबीच यस उद्योगबाट उत्पादित गैंँडाछाप सिमेन्टको मूल्य वृद्धि भएको छ । उद्योगको चारदिन अघि बसेको सञ्चालक समितिको बैठकले २२ मङ्सिरबाट लागु हुने गरी प्रतिबोरा रु ५६ ४४ पैसा मूल्य वृद्धि गरेको हो ।

    मूल्य वृद्धिपछि गैँडाछाप सिमेन्टको मूल्य रु ६१७ कायम गरिएको छ । गेट मूल्यसँगै अब उपभोक्ताले भ्याट, प्रदूषर्णलगायत अन्य शुल्क बुझाइ अधिकृत बिक्रेतामार्फत् रु ६५० मा खरिद गर्न सक्ने उद्योगले जनाएको छ ।

    यसअघि उपभोक्ताले रु ५९३ मा खरिद गर्दै आएका थिए । जुनबेला सिमेन्टको गेट मूल्य ५६० रुपैयाँ ५६ पैसा कायम गरिएको थियो ।

    पेट्रोलियम पदार्थ, उद्योगलाई चाहिने अति आवश्यक कच्चापदार्थको मूल्य वृद्धिलाई मध्यनजर गर्दै सिमेन्टको भाउ बढाइएको निमित्त महाप्रबन्धक विष्णुराज कोइरालाले बताउनुभयो ।

    मूल्य वृद्धि गरिए पनि उद्योग वर्षमा आधा समयसम्म नचल्ने अवस्थामा पुगेका कारण भट्टा बस्ने अवस्था भएको मजदुरहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु