


दार्चुला मंसिर २८ : यही मङ्सिर १६ गतेदेखि अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, टङ्गालबाट देशव्यापी रुपमा सुरु गरेको भ्रष्टाचारविरुद्धको राष्ट्रिय अभियानकर्ताको टोली आज दार्चुला पुगेको छ । वरिष्ट पत्रकार तथा भ्रष्टाचारविरुद्धका अभियन्ता भरत जङ्गमको टोलीले पश्चिम महाकालीबाट भेट यात्रा सुरु गरी पूर्व मेचीमा गई समापन गर्ने बताएको छ ।
भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उद्देश्यले राष्ट्रिय अभियान सञ्चालन गरेको उक्त टोलीले आज दार्चुलामा गरेको अन्तक्र्रिया कार्यक्रममा टोली संयोजक जङ्गमले देशमा राजनीतिक स्थिरता नआएसम्म आर्थिक विकास हुन सक्दैन भन्नुभयो ।
उहाँले राजनीतिक अस्थिरताकै कारण मुलुकको सबै तह र तप्कामा भ्रष्टाचारले जडा गाडिसकेको चर्चा गर्दै भ्रष्टाचारीहरुलाई समाजबाट वहिष्कार गर्न र जनताद्वारा तिरस्कार गर्न वातावरण सृर्जना गर्ने उद्देश्यले आफूहरुले यो अभियान सञ्चालन गरेको बताउनुभयो ।
उहाँले सूदुरपश्चिम देवभूमि भएकाले अझै पनि सूदुरपश्चिममा सत्यता रहेको बताउँंदै पञ्चकन्याद्वारा घडामा ल्याएको महाकाली नदीको पवित्र जललाई ७५ वटै जिल्लामा छर्कंदै पूर्वको मेचीमा लगेर तर्पण गर्ने बताउनुभयो ।
अन्तत्र्रिmयामा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, पत्रकारलगायत नागरिक समाजका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।