Sunday, 20 May 2012 02:05 pm, Nepal

खिम्ति आयोजनाका मजदुर आन्दोलनमा

मेचीकाली : 2011-12-17 18:26:15


दोलखा, २ पुस : दोलखाको किर्नेस्थित निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको खिम्ती जलविद्युत आयोजनाको सञ्चालक हिमाल पावर लिमिटेडले त्यहाँ कार्यरत ८९ जना कामदारलाई एकैपटक अवकास दिने निर्णयको विरोधमा अवकास पाएका मजदुरहरुले आन्दोलन सुरु गरेका छन् । ६० मेगावाट विद्युत् उत्पादन गर्दै आएको जलविद्युत् केन्द्रमा २०५७ सालदेखि कार्यरत ८९ जना मदजुरलाई पुस १ गतेदेखि अवकास दिने निर्णय गरेपछि मजदुरहरु आन्दोलनमा उत्रेका हुन् ।

आयोजनामा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रेपछि आयोजनाको विद्युत् उत्पादन बाहेकका सबैकाम ठप्प भएको छ । अवकास पाएका मजदुरहरुको पुनर्वहाली हुनका साथै गत २०६८ जेठ २५ गते मन्त्रीस्तरमा भएको त्रिपक्षीय निर्णयको कार्यान्वयन गर्न माग गरेका छन् । मजदुरहरुले आयोजनाको मूलढोका अगाडि धर्ना जारी राखेका छन् । नेपालको श्रम ऐनअनुसार अवकास पाएका मजदुरहरुलाई तत्काल पुनर्वहाली नभएसम्म आन्दोलन जारी रहने आन्दोलनरत मजदुर रामकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु