


खोटाङ, २ पुस : गोरु काट्दै गरेको अवस्थामा स्थानीय चार युवा पक्राउमा परेका छन् । सदरमुकाम दिक्तेलमा गोरु काटेर मासु बाँड्दै गरेको अवस्थामा दिक्तेल–२ का दिपेश श्रेष्ठ र नवीन गुरुङ, दिक्तेल–६ का रामचन्द्र राई र खार्मी–७ का जीतबहादुर गुरुङ पक्राउ परेका हुन् । उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा सदरमुकाम दिक्तेलको माटिकोरेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यसैबीच, जिल्लाका विभिन्न पाँचवटा जातीय सङ्गठनले गोरु काट्ने क्रममा पक्राउ परेका चार युवाहरुको विनासर्त रिहाइको माग गरेका छन् ।
जिल्लास्थित आदिवासी जनजाति जिल्ला सञ्जाल, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, नेपाल शेर्पा सङ्घ र नेपाल मगर सङ्घले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै गोरु काट्नेक्रममा पक्राउ परेकामा चार युवाको विनाशर्त रिहाइको माग गरेका हुन् ।
पक्राउ परेका युवालाई रिहाइ नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने ती जातीय सङ्गठनहरुले जनाएका छन् ।
यो विषयका प्रतिक्रियाहरु
Bharat shrestha:Dec 17, 2011 08:52:50 PM
yasto kam garnalai kada sajay dinu par6 natra bhane deshma jatiya danga shuru hune6.......