Sunday, 20 May 2012 02:06 pm, Nepal

दलितहरुद्धारा म्याग्दी र मुस्ताङ बन्द

मेचीकाली : 2011-12-18 11:44:31


म्याग्दी, ३ पुस : कालिकोटको जुबिथामा चुल्लो छोएको आरोपमा कुटपिट गरी दलित युवाको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै दलित सम्बद्ध संगठनहरुले आज म्याग्दी र मुस्ताङ जिल्ला बन्द गराएका छन् । गत हप्ता भएको मानबिर सुनार हत्याको घटनामा संलग्न बालकुमारी शाही, भीमबहादुर शाही र दीपबहादुर शाहीलाई कारबाही गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत तथा बालबच्चाको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्ने माग गर्दै बन्द गराएका हुन् ।

बिहानैदेखि एकिकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा सम्बद्ध दलित संगठनका कार्यकर्ताहरुले बेनीको पसल, शैक्षिक संस्था, यातायातका साधन सञ्चालन गर्न दिएका छैनन् । मुस्ताङमा पनि दलित संगठनहरुले बन्द आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु