


संखुवासभा, ४ पुस : संखुवासभाको खा“दबारी १३ तुम्लिङटारकी एक दलित नावालिकालाई बलात्कार गर्नेलाई जिल्ला अदालत चैनपुरले आज १४ वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शालिकग्राम कोइरालाको इजलासले सिरहा सितापुर ५ का सोभितलाल मुखियालाई १४ वर्ष कैदको फैसला सुनाएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताउनुभयो ।
अदालतले उनलाई जबर्जस्ती करणी को ३÷१ बमोजिम फैसला सुनाएको हो । पीडित बालिकाका पिताले दिएको जाहेरीको आधारमा मुद्दाको फैसला गरिएको अदालतले जनाएको छ । ती बालिकालाई मुखियाले गत असार १७ गते आफ्नै कोठामा लगेर बलात्कार गरेका थिए ।