


मनाङ, ८ पुस : हिमालपारिको जिल्ला मनाङको बगरछाप गाविसको जङ्गलमा १० दिनदेखि लागेको भीषण आगलागी अझै नियन्त्रणमा ल्याउन सकिएको छैन । बगरछाप गाविसको वडा नं. ५ स्थित क्युयार जङ्गलमा मङ्सिर २७ गतेदेखि लागेको आगो नियन्त्रण गर्न अहिलेसम्म गरिएका सबै प्रयास विफल भएको जिल्ला प्रहरी कार्यालय, मनाङले जनाएको छ ।
निकै भिरालो भौगोलिक स्थान भएको र खडेरीका कारण हिँउ नपरेकाले डडेलो जङ्गलभरि फैलिएको मनाङका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।
प्रहरी, रामवाण गुल्मका सेना, स्थानीयवासी र एक्याप प्रतिनिधिहरुको सहयोगमा शुक्रबार पुनः डडेलो नियन्त्रणको प्रयास गरिने उहाँले बताउनुभयो ।