


कालीकोट, ९ पुस : सदरमुकाम मान्म देखी १८ कोष टाढा पर्ने जुबिथा ४ का ३० बर्षिया मनबिरे सुनारको चुलो छोएको निहुँमा कुटेर हत्या भएपछि उनका २५ बर्षिया पत्नी रेश्मा सुनार २ छोरी, १ छोरा र ७२ बर्षिया बाबु बिचल्लीमा परेका छन् । “घरमा भरलाग्दो मान्छे भनेकै श्रीमान थिए ठूलाबडा भनाउदाले श्रीमानको ज्यान लिएपछि हामी बेसाहारा छौं” भन्दै रेश्मा सुनारले आफ्नो दुखेसो पोखेकी थिईन् ।
सुनार भनिन “कुटपिट गर्नेका आफन्तले ठूल–ठूला कुरा गरे तिमीहरुलाई पनि सखाप पाछौं भनेर धम्की दिइरहेका छन् अझै केही गर्ने हुन् कि भन्ने डरले रातभर निद्रा लाग्दैन । खान बस्न गारो भया छ हामी गरिवलाई हेर्ने कोही भएन” । गरिव परिवारकी रेश्मालाई ७२ बर्षिय ससुरा र तीनजना नावालक छोराछोरी कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ ।
गत मंसिर २४ गते एक स्थानिय बालकुमारी शाहीको चुलो छोएको भन्दै मिमबहादुर शाही र दिपबहादुर शाहीले मनबिरे माथि भन्दै कुटपिट गरेका थिए । कुटपिटपछि बेहोस मनबिरको उपचारको क्रममा २५ गते मृत्यु भएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोग दलित आयोग, इन्सेक र स्थानिय मानवअधिकारकर्मीको टोली घटनास्थल पुगी अनुसन्धान थियो । मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जका क्षेत्रीय संयोजक हरिप्रसाद ज्ञवालीले भने घटनाको प्रकृति बुझ्दा छुवाछुतको कारणबाट एक युवकको ज्यान गएको पाइयो । प्रहरी उपरीक्षक रामबहादुर कटवालले मिमबहादुर र दिपबहादुर बिरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरी हिरासतमा राखिएको बताए ।