Sunday, 20 May 2012 02:11 pm, Nepal

दलित मारिएको घटना विरुद्ध सर्लाहीका दलितहरुद्वारा चक्काजाम

मेचीकाली : 2011-12-26 11:36:12


आजै रोल्पामा वन्द आह्वान

सर्लाही, ११ पुस : होटलको चुल्हो छोएको आरोपमा कालिकोटमा दलितको हत्याको विरोधमा सर्लाहीका दलित संघसंगठनहरुले आज हरिवनमा विरोध प्रदर्शन गरेका छन् । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत हरिवनमा बिहान विभिन्न नाराहरु लगाउँदै विरोध प्रदर्शन गर्नुका साथै एक घटा चक्का जाम गरिएको थियो ।

मृतक मनविर सुनारलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र हत्याराहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग सहित विरोध कार्यक्रम गरिएको संघर्ष समितिका सदस्य चित्रबहादुर विश्वकर्माले बताउनुभयो ।  

रोल्पामा वन्द

कालीकोट जुविथा ४ निवासी मनविर सुनारको हत्याको विरोधमा सयुक्त दलित जन अधिकार मञ्च र दलित पत्रकार संघ रोल्पाको सयुक्त आयोजनामा आज रोल्पा बन्दको आह्वान गरिएको छ । दलित अधिकार मञ्च र दलित पत्रकार संघले बन्दको आह्वान गरेपछि सदरमुकाम लिवाङ आसपासको जनजीवन प्रभावित भएको छ । बन्दले सदरमुकाम लिवाङका उद्योग, पसल, व्यापार, व्यवसाय, कलकारखाना ठप्प भएका छन् । लिवाङ आसपासमा संचालित  निजि तथा सामुदायिक बिद्यालयहरु पनि बन्द भएका छन् भने विद्यालयको पठन पाठन समेत बन्दले ठप्प भएको छ । दलित जन अधिकार मञ्चका प्रतिनिधि र दलित पत्रकारहरुले बजार र बिद्यालय बन्द गर्न अनुरोध गरेका थिए । दलितहरुले एक दिने रोल्पा बन्दको आह्वान गरेपछि रोल्पामा लामो तथा छोटो दुरीका सवारी साधनहरु पनि ठप्प भएका छन् । रोल्पाबाट काठमाण्डौ, बुटवल, घोराही लगायतका स्थानमा छुट्ने सवारी साधनहरु बन्दले अवरुद्ध भएका छन् भने गनतव्य स्थलका लागि हिडेका यात्रुहरु पनि बिच बाटोमै अलपत्र परेका छन् ।  दलित हत्याको बिरोधमा गरिएको बन्द बेलुकी ५ बजेसम्म जारी रहने दलित पत्रकार संघ रोल्पाका अध्यक्ष मानसिङ बिकले बताउनुभयो । शान्तिपूर्ण बिरोध कार्यक्रममा सहयोग गर्न सरोकारवालाई सबैलाई अनुरोध गरिएको अध्यक्ष बिकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु