Sunday, 20 May 2012 02:12 pm, Nepal

बम बिस्फोटमा एकजनाको ज्यान गयो

मेचीकाली : 2011-12-26 14:05:52


खाँदबारी, ११ पुस  :  संखुवासभाको चैनपुर-४ स्थित मादी होटलमा सोमवार विहान बम विष्फोट हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । बिहान १० बजे भएको बम विष्फोटमा मर्नेको पहिचान हुन सकेको छैन । शरिर क्षतविक्षत अवस्थामा रहेकाले मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । बम कस्ले विस्फोटन गरेको हो भन्ने थाहा हुन सकेको छैन्  ।

घटना स्थलमा पाईप बमको टुक्राहरु भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आईतवार साँझ जिल्लाकै जलजला गविस  घर बताउने प्रकाश न्यौपाने नाम लेखाएर होटलमा बास वसेका उनी पुनः आईतबार  विहान  साथीसंग  आएका थिए । एक जनाले खाना  खाँदै गरेको र अर्के एक जना आराम गर्छु भनरे कोठामा गएका थिए । त्यसको केहिवेरमै कोठाबाट  विस्फोटनको आवाज आएको थियो । विस्फोट पछि खाना खाँदै गरेका अर्का व्यक्ति पनि खाना छोडेर भागेको होटल मालिक गोकुल ढुंगनाले बताए । उनीहरु को हुन् भन्ने बारेमा केही जानकारी नभएको ढुंगनाले बताए ।

घटनास्थलबाट प्रहरीले एउटा झोला बरामद गरेको छ । मृतकको शव चैनपुर स्थित प्राथमिक स्वास्थ्य चौकीमा राखिएको छ । फरार भएका अर्का व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ । चैनपुर बजारको त्रिचोकमा रहेको मादी होटल इलाका प्रहरी कार्यालय चैनपुर भन्दा करिब सय मिटरको दुरीमा पर्छ । होटल घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।  मादीराम्बेनी निवासी गोकुल ढुंगानाले केही बर्ष देखि भाडामा होटल गदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु