Sunday, 20 May 2012 02:12 pm, Nepal

दलित हत्याको विरोधमा पाल्पा वन्द

मेचीकाली : 2011-12-27 08:46:15


पाल्पा, १२ पुस : संयुक्त दलित संघर्ष समिति पाल्पाले आव्हान गरेको जिल्ला बन्दले आज पाल्पा जिल्लाको जनजीवन बिहानैदेखि पूर्ण रुपमा प्रभावित बनेको छ । कालीकोट जिल्लाको जुविथा ४ माइस्थानका मनविर सुनारलाई होटलको चुल्हो छोएको आरोपमा कुटपिट गरि हत्या गरेका हत्यारालाई हदैसम्मको कार्वाहीको गर्नुपर्ने र मृतक सुनारलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तीको व्यवस्थासँगै शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेनटी गरिनुपर्ने लगायतका माग राख्दै आज एक दिनलाई बन्दको आव्हान गरिएकोे आयोजकले बताएको छ ।

बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साद्यनहरु चलेका छैनन् । शिक्षण संस्था, उद्योग कलकारखाना, बजार, पसल बिहानैदेखि बन्द छन् । बन्दलाई सफल पार्न दलित संघ संगठनका प्रमुख तथा प्रतिनिधिका साथै सर्वसाधरहरु समेत सडकको चोकचोकमा बसेका छन् । घटनाको विरोधमा हिजो साँझ संघर्ष समितिले पाल्पाको सदरमुकाम तानसेनमा मसाल जुलुस निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु