Sunday, 20 May 2012 02:15 pm, Nepal

व्यापारी माथि गोली प्रहार

मेचीकाली : 2011-12-27 11:38:51


सर्लाही, १२ पुस : गएराति सर्लाहीको बरहथवामा अज्ञात समूहले गोली प्रहार गरी एक व्यपारीलाई गम्भीर घाइते बनाएको छ । राति साढे ८ बजे बरहथवा बजारको काफ्ले होटल नजिकबाट जादैं गर्दा हजरिया १ का व्यपारी अन्तोष दासमाथि गोली प्रहार भएको थियो । दासको बायाँ छाती र बायाँ हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

घाईते दासको उपचार अहिले वीरगन्जको नेशनल कलेज अस्पतालमा भईरहेको छ । व्यापारी दासलाई गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु