Sunday, 20 May 2012 02:16 pm, Nepal

दलित हत्याको विरोधमा गुल्मी वन्द

मेचीकाली : 2011-12-28 08:44:38


गुल्मी, १३ पुस : कथित उपल्लो जातको चुल्हो छोएको निहुँमा कालिकोटका मानवीर सुनारको हत्या भएको विरोधमा दलित सघंर्ष समिति गुल्मीले आह्वान गरेको बन्दका कारण गुल्मीको जनजीवन प्रभावित बनेको छ । यातायात, शिक्षण सस्ंथा ठप्प हुनुका साथै बजार, उद्योगधन्दा बन्द रहेका छन् । चिया पसलको चुलो छोएको निहुँमा कालिकोट जुविथा ४ का सुनारको स्थायिन  भीमबहादुर शाही र दीपबहादुर शाहीको कुटपिटबाट मृत्यु भएको हो ।

  हिजो पाल्पा बन्दले गुल्मीबाट छुट्न नसकेका लामो दुरीका सवारी साधनहरु आज पनि नचल्दा यात्रुहरु सदरमुकाममै अलपत्र परेका छन् । बन्द सफल बनाउन सदरमुकाम तम्घास लगायत जिल्लाका अन्य महत्वपूर्ण स्थानमा बिहानैदेखि बन्दकर्ताको उपस्थितीे छ । घटनाका अपराधीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने, मृतकलाई स–सम्मान सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतीपुर्ति, शिक्षा र रोजगारीको ग्यारन्टी गरिनुपर्नेलगायतका माग गर्दै साझा मञ्च आन्दोलित भएको हो । मृतकका परिवारलाई १० लाख क्षतिपुर्ति दिने सरकारले निर्णय गरे पनि अरू मागहरु पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु