Sunday, 20 May 2012 02:16 pm, Nepal

बारामा डाँकाको कुटपिटबाट १२ जना स्थानीयबासी घाइते

मेचीकाली : 2011-12-28 11:42:41


बारा, १३ पुस : बाराको औराहास्थीत शान्त्ति टोलमा गएराती डाँकाको कुटपिटबाट १२ जना स्थानीयबासी घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । २५÷३० जनाको सङ्ख्यामा आएको डाँकाको समूहले गएराती स्थानिय तीलप्रसाद सुवेदी र चुडामणी पौडेलको घरमा डकैती गर्ने क्रममा कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते हुनेहरूमा मुक्तिदेवी पौडेल, मञ्जु सुवेदी, विन्दु सुवेदी, यशोधा पौडेल, मदन सापकोटा, चुडामणी पौडेल, हरिकला सुवेदी, तिलोचन सुवेदी, निर्मला सुवेदी, सिमा मगर र गोकुल पौडेललगायतका छन् । घाइतेमध्ये मुक्तिदेवी पौडेल, मञ्जु सुवेदी र विन्दु सुवेदी अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाण्डु पठाइएको छ । घाइते अन्यको भने वीरगञ्जको नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । डाँकाहरूले दुई लाख बराबरको गरहगना लुटेर लगेको प्रहरीले जनाएको छ । यसैवीच घटनाका सम्बन्धमा अनुसन्धानका लागि प्रहरीले शङ्काको आधारमा सात जनालाई नियन्त्रणमा छ । प्रहरीले अहिलेसम्म नियन्त्रणमा रहेका व्यक्तिको नाम भने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु