Sunday, 20 May 2012 02:17 pm, Nepal

तनहुँ दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

मेचीकाली : 2011-12-30 11:29:58


तनहुँ, १५ पुस : पोखरा वीरगञ्जको सवारी रुटमा रहेको बसले ठक्कर दिँदा तनहुँको जामुने निर्मलबस्तीमा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ४ ख ६११७ नम्बरको बसले गएराती स्थानीय पैदलयात्री चारजनालाई पृथ्वी राजमार्गको जामुनेमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएका चारजनामध्ये दुईजनाको उपचारका लागि लैजाने क्रममा र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा जामुने ३ का राजन रानाभाट, अनिल रानाभाट र  रेशम रानाभाटको मृत्यु भएको हो । राजन र रेशमको उपचारका लागि लैजाँदै गर्दा बाटोमै र अनिलको मनिपाल अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनापछि जामुने क्षेत्रमा यातायात बन्द गरिएकोमा बिहान ४ बजे मात्र यातायात सुचारु भएको थियो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु