


दोलखा, १५ पुस : पहिरोको कारण प्रवेश मार्ग अवरुद्ध भएपछि बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ । हिउँदे पहिरोको कारण दोलखाको लामावगर गाविससको गोगरदेखि लामाबगरसम्मको सडक विभिन्न स्थानमा अवरुद्ध भएपछि लामाबगर स्थित बाँधस्थलमा विभिन्न संरचना निर्माण कार्य रोकिएको आयोजनाका उप–प्रबन्धक विष्णुबहादुर थापाले जानकारी दिनुभयो ।
पहिरोको कारण प्रवेश मार्ग अवरुद्ध भए पछि एक सातादेखी आयोजनाको विभिन्न संरचना निर्माणका लागि आवश्यक सामग्री बोकेका ट्रकहरु लामाबगर गोगरमा थन्किएका छन् । लामाबगरका गाविसको भंैसे खोलामा गएको हिउँदे पहिरोका कारण सडक अवरुद्ध भएका कारण एक सातादेखि निर्माणको प्रयास गरिए पनि सफल हुन सकेको छैन । कुल ३७ अर्ब लगानीमा सन् १०१५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको निर्माणस्थल चीनको तिब्बतसँग सीमा जोडिएको दोलखाको उत्तरी लामाबगर गाविसमा पर्छ ।