Sunday, 20 May 2012 02:18 pm, Nepal

कालीगण्डकी जलयात्राको मज्जा

रासस : 2011-12-30 14:04:46


स्याङजा–आँधी खोलाको मुहानबाट कालीगण्डकी नदीमा जलयात्रा गर्नेहरु भन्छन्, नेपालको एकमात्र पानीजहाजमा यात्रा गर्नाको मज्जा नै  अर्को छ ।स्याङ्जा जिल्लाको मिर्मी गाविसबाट बग्ने कालीगण्डकी र आँधी खोलाको पवित्र सङ्गमस्थलबाट सुरु हुने जलयात्रा सेती बेनीघाटमा गएर टुङ्गिन्छ ।    हिँडेर जाँदा तीन घन्टा लाग्ने करिब सात किलोमिटर लामो सो बाटो पानीजहाज चढेर जाँदा भने आधा घन्टामात्र लाग्छ ।

    गुल्मी, पर्वत र स्याङ्जा जिल्लाको सङ्गम हुने सेती बेनीघाटको पनि बेग्लै धार्मिक महत्व छ, यस ठाउँमा विश्वकै सबैभन्दा ठूलो विश्व विराट शालीग्रामको दर्शन गर्न सकिन्छ ।

    जलयात्राभर यात्रुले गुल्मी जिल्लाको मूर्तिघाट, बागलुङ जिल्लाको छिम्ती र पर्वत जिल्लाको बाच्छा वियादीको समेत छोएर जानुपर्ने हुन्छ ।

    विभिन्न रङले सिङ्गारिको सो पानीजहाजमा यात्रा अवधिभर लोकगीत गीत गुञ्जायमान हुने यस जलयात्रामा यात्रुले चिसो हावाको मजा लिँदै कालीगण्डकीको शान्त पानी माथि बग्ने अनुभव गर्छन् ।

    जहाजको मध्यभागमा ट्रकको इञ्जिन राखेर घरेलु तरिकाले बनाइएको सो पानीजहाजमा चढ्दा झट्ट डरलाग्ने भएपनि अहिलेसम्म त्यहाँ कुनै दुर्घटना भने भएको छैन । जहाजको स्टेरिङ जहाजको पछिल्लो भागमा राखिएको छ, जो एकजना माझीले चलाएको हुन्छ । जहाज बनाउँदा आकार हेरी रु.१० देखि १४ लाख मूल्य परेको माझी राजु बताउँछन् ।

    हाल करिव १६ वटाको सङ्ख्यामा खासगरी यात्रुवाहक, मालवाहक र मनोरञ्जनका लागि प्रयोग भइआएको सो पानीजहाजले यहाँका मानिसको समय बचाउनुका साथै सामान ढुवानीमा पनि मद्दत गरेको छ ।

    एक पटकमा २० टन सामान र एक सयदेखि १५० यात्रु बोक्न क्षमता भएको सो पानीजहाजबाट दैनिक करिव ७०० यात्रुलाई आवत–जावत गर्छन् । खासगरी माघे सङ्ग्रान्तिमा पवित्र शालीग्रामको दर्शन गर्न र सङ्गममा नुहाउनका लागि यस क्षेत्रमा २० देखि ३० हजारले पानीजहाज चढ्ने प्राध्यापक ठाकुरप्रसाद पाण्डे बताउनुहुन्छ ।

    मिर्मीमा, विद्युत् प्राधिकरण, नेपाल सरकार एवम् युएनडिपी, एडिबी, फिनिडा, जापान बैंक अफ इन्टरनेसनल कोपरेसन तथा अन्य दातृ निकायको ऋण सहयोगमा सन् २००२ मा सम्पन्न कालीगण्डकी ‘ए’ जलविद्युत परियोजना पछि सुरु भएको सो जलयात्राले यहाँका वासिन्दाको समेत जीवनस्तरमा परिवर्तन ल्याएको छ ।

    यहाँ हरेक दिन जसो मनोरञ्जनात्मक जलयात्रा गर्न तथा कालीगण्डकी र आँधी खोलाको माछा खाएर मजा लिनेहरु आफ्नो सवारी साधन प्रयोग गरेर पनि आउने गर्छन् जसले पहिले शून्यको अवस्थामा रहेको यहाँको बजारमा चहलपहलसमेत बढेको स्थानीय व्यापारी रुपा बताउँछिन् ।

    करिब १० वर्षदेखि कुनै बाहिरी सहयोगबिना अविरल चलिरहेको कालीगण्डकी नदीको सानो पानीजहाजको जलयात्राले भोलि अझ विस्तारित रुप लिने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु