Sunday, 20 May 2012 02:19 pm, Nepal

प्रहरीले हटाएलगत्तै फेरि सुकुम्बासीले जग्गा कब्जा गरे

मेचीकाली : 2011-12-31 10:49:10


 गाईघाट, १६ पुस : उदयपुरको जोगीदह गाविस–१ बरगाछीमा रहेको गजराज तातेडको चार बिघा १० कठ्ठा जग्गामा एकीकृत माओवादीका कार्यकर्ताले कब्जा गरी बनाएका घर तथा टहरा प्रहरीले भत्काएको भोलिपल्टै पुनः  उनीहरूले सोही जग्गा कब्जा गरेर टहरा बनाउन सुरु गरेका छन् ।

    जोगीदहका स्थानीयवासी नारायण ढकालका अनुसार केही सुकुम्बासी तथा माओवादीका कार्यकर्ताले प्रहरीले हटाएको भोलिपल्टै पुनः घरटहरा निर्माण गर्न थालेका छन् ।

    एकीकृत नेकपा (माओवादी) वैद्य समूहका कार्यकर्ताले सो जग्गामा टहरा निर्माण गर्न सुरु गरेको एक माओवादी कार्यकर्ताले नाम नबताउने सर्तमा  बताए ।

    यस विषयमा जिल्ला प्रहरीका प्रमुख नरेन्द्र उप्रेतीसँग जानकारी माग्दा उहाँले आफूले पनि सो कुरा सुनेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु