Sunday, 20 May 2012 02:22 pm, Nepal

सशस्त्र समूह र सरकारबीच वीरगञ्जमा वार्ता

मेचीकाली : 2011-12-31 12:23:46


पर्सा, १६ पुस : तराईमा सशस्त्र संघर्षरत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा पवन समूह र सरकारबीच आज बीरगन्जमा वार्ता भएको छ । बीरगन्जको  होटल सुरजमा सरकारका तर्फबाट शान्ति मन्त्री सत्या पहाडी र मोर्चाका तर्फबाट वार्ता टोली संयोजक एवम् मोर्चाका संयोजक पल्हाद गिरी (पवन)बीच चार बुदे सहमति भएको छ ।

०६८ साउन २८ गते भएको सहमति अनुसार मोर्चासँगको वार्ता आज सफल भएको सरकारका तर्फबाट बार्ता टोली संयोजक एवम् शान्तिमन्त्री सत्या पहाडीले जानकारी दिनुभयो ।

उहाँले सबै सशस्त्र समूहलाई बार्तामा आउन पनि आग्रहगर्नुभयो । वार्तामा  क्रममा मोर्चाले  ८ थान हतियार राज्यलाई बुझाएको छ । मोर्चाले थ्रि फिप्टीन पेस्तोल ४ थान र १२ बोर पेस्तोल ४ थान बुझाएको हो । वार्तापछि सन्चारकर्मीसंग कुरा गर्दै मोर्चाका संयोजक पवनले आफूहरु शान्तिपूर्ण रुपमा राजनीति गर्न तयार रहेको बताउनुभयो । शान्तिपूर्ण रुपमा पनि तराई मधेसका समस्याहरु समाधान गर्न सकिने पनि उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु