


वीरगञ्ज, १७ पुस : पर्साको भिस्वा गाविसबाट गएराति सशस्त्र प्रहरीले चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भिस्वामा रहेको सशस्त्र प्रहरी बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको नेतृत्वमा खटिएको टोलीले भारतको मोतीहारी निवासी आलमगिर अन्सारीलाई एक किलोग्राम चरेश सहितपक्राउ गरेको हो ।
चरेश सहितपक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रम्हाचार्यले जानकारी दिनुभयो ।