Sunday, 20 May 2012 02:24 pm, Nepal

बोक्सीको आरोपमा आमाछोरीलाई यातना

मेचीकाली : 2012-01-02 17:36:26


लमजुङ, १८ पुस : पूर्वी लमजुङको कोल्की गाविस दोभान गाउँमा आमाछोरीलाई बोक्सीको आरोपमा स्थानीय वासिन्दाले यातना दिएका छन् । कोल्की गाविस ९ दोभानकी ५४ बर्षिया झ्यापूमाया तामाङ र उहाँकी १९ बर्षिया छोरी हिरामाया तामाङलाई यातना दिएको पीडितले बताएका छन् ।

गाउँकै बासीकुमारी तामाङ, बिन्दु तामाङ र झाँक्री बुद्धिबहादुर तामाङले बिन्दु तामाङलाई बिरामी बनाएको भन्दै बत्ती छुन लगाएको, गोडाको पैताला चाट्न लगाएको, बिरामीको रोग सञ्चो नभए तीन महिना भित्र मर्ने कसम खान लगाएको पीडितले बताएका छन् । 

 

झ्यापूमायाले आफू र छोरीलाई बोक्सीको आरोप लगाउने विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु