Sunday, 20 May 2012 02:24 pm, Nepal

कुकर बम पड्कँदा एक किशोर घाइते

मेचीकाली : 2012-01-02 17:57:14


सर्लाही, १८ पुस : सर्लाहीको बरहथवामा आज अपराह्न कुकर बम विष्फोट भएको छ । दिउँसो साढे चार बजेतिर भएको विष्फोटमा १४ वर्षिय सञ्जीव राय बमको छर्रा खुट्टामा लागेर घाईते भएकाहुन् । उनको स्थानीय उप–स्थास्थ्यचौकीमा उपचार भईरहेको र स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । बरहथवा गाविस वडा नं.४ मछली बजारमा एक लिटरको कुकर बम विष्फोटभएको स्थानीयले बताएका छन् ।

घटनाबारे अनुसन्धान भईरहेको बरहथवास्थित ईलाकाप्रहरी कार्यालयकाप्रहरी निरीक्षकमदनयादवले जानकारी दिनुभयो । व्यस्तबजार बीचमा नाईलनको झोलामा राखिएको बम विष्फोट भएको स्थानीयपत्रकार रामकुमार नेपालले जानकारी दिनुभयो । विष्फोट स्थलमा तराई डिफेन्स आर्मी लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु