


जुम्ला, १९ पुस : जुम्लामा यसवर्ष मात्र ११० वटा नर्सरीमा ११ लाख स्याउका विरुवा उत्पादन गरिएको छ । दुई हजार ५०० हेक्टर जमिनमा उत्पादन गरिएको ११ लाख विरुवामध्ये ७५ हजार स्याउका विरुवा लिन जिल्ला कृषि विकास कार्यालयको टोली जुम्लामा आइसकेको वरिष्ठ कृषि अधिकृत वेदप्रसाद चौलागाईंले जानकारी दिनुभएको छ ।
त्यसैगरी मुगुमा २१ हजार डोल्पामा २० हजार र मनाङ जिल्लामा गरी जम्मा एक लाख २० हजार स्याउका विरुवा अन्य जिल्लामा निर्यात गरिने सो विरुवाबाट रु तीन करोड दुई लाख ५० हजार आम्दानी हुने पनि जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।