Sunday, 20 May 2012 02:28 pm, Nepal

दुई पक्षबीच भिडन्त हुँदा १२ जनाभन्दा बढी घाइते

मेचीकाली : 2012-01-04 11:37:53


सर्लाही, २० पुस : सर्लाहीको रामनगरबोहर्वा गाविसमा आज बिहान दुई पक्षबीच भिडन्त हुँदा १२ जनाभन्दा बढी घाइते भएका छन् । रामनगरबोहर्वा गाविस वडा नम्बर ७ मा आपसी विवादमा दुई पक्षबीच बिहान ५ बजेदेखि गोली हानाहान भएको स्थानीयबासीले बताएका छन् । त्यस क्रममा गोलीको छर्राले दुई जना र लाठी प्रहारबाट १० जना भन्दा बढी स्थानीयबासी घाइते भएका प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुई पक्षिय विवाद बढ्दै गएर नेपाली काङ्ग्रेस र अन्य पार्टीको राजनीतिक विवादमा परिणत भएपछि स्थिति तनावग्रस्त भएको बताइएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो समूह तैनाथ गरिएकाले स्थिति सामान्य हुदै गएको प्रहरीले जनाएको छ । गडैयास्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बाबुराम शर्माले घटनास्थलमा गएर घटनाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । घटनास्थलमा आसपासका गाउँबाट समेत ठूलो सङ्ख्यामा सर्वसाधारणको भीड लागेको छ । घटनाको पूर्ण विवरण आउन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु