Sunday, 20 May 2012 02:29 pm, Nepal

'स्थानीय निकाय भङ्ग गर्ने सरकारी निर्णय संविधान विपरित'

मेचीकाली : 2012-01-04 11:39:11


बागलुङ, २० पुस : नेकपा एमालेका केन्द्रिय सचिव शङ्कर पोखरेलले सरकारले अन्तरिम संविधानको भावना विपरित स्थानीय संयन्त्र भङ्ग गरेको आरोप लगाउनुभएको छ । उहाँले स्थानीय निकाय भङ्ग गर्ने अख्तियारको आदेश र सरकारको निर्णय दुवै अन्तरिम संविधान विपरित भएको बताउनुभयो ।

प्रेस चौतारी नेपाल बागलुङले आज बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले सचिव पोखरेलले अन्तरिम संविधानको मर्मअनुसार स्थानीय निकायको जिम्मेवारी कर्मचारीतन्त्रलाई नभएर राजनीतिक संयन्त्र वा स्थानीय चुनाव नै भएको बताउनुभयो । उहाँले नेकपा एमालेले स्थानीय निकायमा ताजा जनादेशमा जाने तयारी गरेको समेत जानकारी दिनुभयो । पोखरेलले सत्तासीन माओवादीकै कारण शान्ति र संविधानका मुद्दाहरु पूरा हुन नसकेको बताउंदै विगतमा भएका सहमतिमा माओवादी जिम्मेवार नभएका कारण दलहरुका बीचमा अविश्वासको वातावरण सुरु भएको बताउनुभयो । उहाँले संविधान निर्माणको कार्यतालिका अनुसार नै दलहरुका बीचमा सहमति गरि थपिएको समयमा संविधान निर्माणको पक्षमा एमाले रहेको बताउनुभयो ।

संविधानसभाको कार्यकालका सम्बन्धमा सर्वोच्चले गरेको फैसलालाई एमालेले सम्मान गरेको भन्दै पोखरेलले सर्वोच्च अदालत जनताको प्रवक्ता नभएर संविधानको पक्षमा नै हुनुपर्ने बताउनुभयो । उहांले संविधानसभाको चुनावको बेलामा काङ्ग्रेस र एमाले दोस्रो र तेस्रो शक्ति हुनु गलत विचार तथा पृष्ठभूमिबाट आएको दल प्रमुख हुनु नै मुलुकका लागि दुर्भाग्य भएको बताउनुभयो । दलहरुको आन्तरिक लोकतन्त्र बलियो भयो भने मात्र मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने एमाले सचिव पोखरेलको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु