Sunday, 20 May 2012 02:29 pm, Nepal

कार्यक्रममा बोलाएका अतिथि नआएको भन्दै सुदूरपश्चिम बन्द

मेचीकाली : 2012-01-04 11:41:08


-पूर्वमा पनि वन्द

कैलाली, २० पुस : हिन्दु धर्म बचाउ अभियान नेपाल र हिन्दुवादी संस्था स्नेह समाजले आज सुदुरपश्चिम बन्दको आह्वान गरेको छ । बन्दको कारण सुदुरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला प्रभावित बनेका छन् । अरु जिल्लामा बन्दको प्रभाव कम परेको छ । कैलाली र कञ्चनपुरमा यातायात, शैक्षिकसंस्था र बजार बन्द छन् ।

सुदुरपश्चिमको कञ्चनपुरमा पुस १५ गते गरिएको राष्ट्रिय एकताका लागि ऐक्यबद्धता कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु सहभागी नभएको विरोधमा बन्दको आह्वान गरिएको हो ।

बन्दै बन्दले जनजीवन अस्तव्यस्त

विभिन्न जातीय मोर्चा र सङ्गठनहरुले आ–आफ्ना माग राखी तीन दिनदेखि गर्दैआइरहेको बन्दका कारण पूर्वी क्षेत्रका जनजीवन अस्तव्यस्त बन्दै गइरहेको छ । बहिर्गमनमा परेका पूर्व लडाकूहरुबाट सोमबार, थारुवान कोचिला मोर्चाबाट मङ्गलबार र आजदेखि दुई दिनका लागि खम्बुवान मुक्ति मोर्चा (संयुक्त) गरिएको बन्दको कारण जनजीवन अस्तव्यस्त बनेको हो ।

    लगातार तीन दिनदेखि सार्वजनिक यातायातका साधन दिनभर चल्न नपाउँदा यात्रुहरुलाई सास्ती भोग्नु परिरहेको छ ।

    हजारौँ यातायात मजदुरहरु बेरोजगार भएका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीहरु पातलो उपस्थिति देखिन्छ ।

    यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले न्यून रुपमा महेन्द्र राजमार्गमा सवारीसाधन गुडिरहेको जनाएको छ ।

यो विषयका प्रतिक्रियाहरु

Narendra singh saud:Jan 5, 2012 12:08:34 AM

लाजै mardo

Siddhartha Sharma:Jan 4, 2012 03:48:30 PM

Thuikka Nepali ko Buddhi. Yasto dekhda Bidesh gayera Nepal Smjhida Hami Dhunge Yug ma bhayeko Anubhawab Hunchha.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु