Sunday, 20 May 2012 02:29 pm, Nepal

एउटै विद्यालयमा दुई व्यवस्थापन समिति

मेचीकाली : 2012-01-05 08:26:27


सुर्खेत, २१ पुस : राजनीतिक भागवण्डा नमिल्दा पूर्वी सुर्खेतको राकममा रहेको बागेश्वरी उच्चमाविमा विगत एक वर्षदेखि दुईवटा व्यवस्थापन समिति क्रियाशील छन् । एक वर्षअघि माओवादी र एमाले सम्बद्ध अभिभावकहरुले पुस्तक वादीलाई व्यवस्थापन समितिको अध्यक्ष बनाएलगत्तै काँग्रेस सम्बद्ध अभिभावकहरुले राजेन्द्रकुमार सिंहलाई अध्यक्ष बनाएपछि विवाद सिर्जना भएको हो ।

    विद्यालयमा अध्यक्षका लागि विवाद भएपछि जिल्ला शिक्षा कार्यालयले एक वर्षदेखि सहयोग बन्द गरेको छ ।

    ‘विद्यालयको विवाद सुल्झाउन धेरैपटक अभिभावक भेला बोलायौं’ पूर्व व्यवस्थापन समिति अध्यक्षसमेत रहनुभएका स्थानीय खड्क पोखरेलले भन्नुभयो, ‘तर, सबै पार्टीलाई अध्यक्ष नै चाहिने भएकाले समस्या समाधान भएको छैन ।’

    उहाँले विद्यालयमा अध्यक्ष विवाद भएदेखि कुनै ठाउँबाट सहयोग पनि नआएको र विद्यालय नै अस्तव्यस्त बन्दै गएको बताउनुभयो । ‘विद्यालयमा पढाइ हुन छोडेको छ, भौतिक सुधार भएको छैन, जिल्ला शिक्षा कार्यालय र अरु निकायले दिन लागेको सहयोगसमेत रोकिएको छ’ उहाँले भन्नुभयो, ‘विद्यालयमा राजनीति हाबी भएकाले समस्या उत्पन्न भएको हो ।’

    पूर्वअध्यक्ष पोखरेलले आफ्नो पालामा उच्चमाविलाई क्याम्पस बनाउनका लागि भएको सहमति विद्यालय नेतृत्वविहीन हुँदा भताभुङ्ग भएको दुःखेसो पोख्नुुभयो ।

    जिल्ला प्रशासन कार्यालयले राकममा सुरु गरेको घुम्ती शिविरका क्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसँग स्थानीयवासीले विद्यालयमा दुई÷दुईवटा व्यवस्थापन समिति हुँदा विद्यालयको शैक्षिक वातावरणमा नराम्रो प्रभाव परेको भन्दै चाँडोभन्दा चाँडो समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

    निमित्त प्रमुख जिल्ला अधिकारी प्याकुरेलले आफूले यसबारेमा तत्काल पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले बागेश्वरी उच्चमाविको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु