Sunday, 20 May 2012 02:30 pm, Nepal

गुल्मीका सुन्तला भाउ खोज्दै प्युठानमा

रासस : 2012-01-05 08:27:22


प्युठान, २१ पुस : गुल्मीमा उत्पादित सुन्तालाले प्युठानको बजारमा राम्रो भाउ पाउन थालेपछि त्यहाँका किसान भाउ खोज्दै यहाँ आउन थालेका छन् । स्थानीयबजारमा भन्दा प्युठानमा दोब्बरमा बिक्री हुनेभएकाले गुल्मीका किसान डोकाभरि सुन्ताला बोकेर प्युठानका बजारमा झर्न थालेका हुन् ।

    प्युठानमा सुन्तलाको फूल फुल्ने समयमा खडेरी परेको र बोट पनि धेरै सुकेकाले तीन वर्षदेखि उत्पादन आधा घटेपछि गुल्मीका सुन्तलाले प्युठानको बजारमा राम्रो भाउ पाएको हो ।

    राम्रो दाना हुने र गुलियो हुने भएकाले यहाँका ग्राहकले गुल्मीका सुन्तला खुबै मन पराउने गरेका छन् ।

    जिल्लाको मुख्य बजार खलङ्गा, बिजुवार, बाग्दुला, मच्छिलगायतका बजार क्षेत्र र चोकचोकमा गुल्मीका किसान डोकामा सुन्ताला राखेर बिक्री गर्न बसेका पाइन्छन् ।

    ‘तम्घासमा दानाको दुई रुपैयाँ पर्ने सुन्ताला प्युठानमा पाँच रुपैयाँमा बिक्री हुँदैआएको छ ।

    हाडहाडे–८ का किसान गङ्गा बिसीका अनुसार बिजुवारमा एक डोको सुन्तला एक छिनमै बिक्री हुनेगरेको छ ।

    विगत ३ वषदेखि प्युठानका बजारमा सुन्तला बेच्दैआउनुभएका उहाँले यसैको कमाइबाट घरगुजारा चलाउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु