Sunday, 20 May 2012 02:32 pm, Nepal

भारतीय नक्कली नोटसहित श्रीमान्–श्रीमती पक्राउ

मेचीकाली : 2012-01-05 18:55:15


पर्सा, २१ पुस : पर्सा प्रहरीले नक्कली नोटको कारोबार गर्ने श्रीमान् श्रीमतीलाई आज सार्वजनिक गरेको छ ।  नक्कली भारतीय नोटको कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका भारत हरियाणा सोढिन राजौना निवासी पवनकुमार जाट र उनकी श्रीमती सुमनलाई पर्सा प्रहरीले आज सार्वजनिक गरेको हो ।

    भारतबाट नक्कली भारतीय नोट नेपाल भित्र्याउने क्रममा विशेष सुराकीका आधारमा प्रहरीले श्रीमान्–श्रीमती जाटलाई वीरगन्जको कृष्ण लजबाट ४४ हजार ५५० भारतीय रुपैयाँ बराबरका रु ५० दरका भारतीय नक्कली नोटसहित पक्राउ गरेको थियो ।

    पर्साका प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीका अनुसार लजको कोठाबाट प्रहरीले छापा मारेर आठ सय ९१ थान भारतीय नक्कली नोट बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु