Sunday, 20 May 2012 02:34 pm, Nepal

जेठ १४ गते भित्र संविधान निर्माण हुने प्रधानमन्त्री डा.भट्टराईको दावी

मेचीकाली : 2012-01-06 14:45:30


गोरखा, २२ पुस : प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कुनै पनि हालतमा आगामी जेठ १४ गतेभित्र संविधान निर्माण हुने दावी गर्नुभएको छ । प्रधानमन्त्री डा.भट्टराईले वाँकी रहेको छोटो समयावधिभित्र जसरी पनि शान्ति प्रक्रियालाई टुङग्याएर पछिल्लो पटक थपिएको संविधानसभाको जेष्ठ १४ गतेको समयावधि भित्र नै संविधान निर्माण गर्ने दावी गर्नुभएको हो ।

संविधानसभाको निर्वाचनपछि प्रत्येक महिना जिल्ला आउने कार्यक्रम अनुसार गृहजिल्ला आउनुभएका प्रधानमन्त्री डा.भट्टराईले उद्योग वाणिज्य संघ गोर्खाको वार्षिक साधारणसभाको आज छहरेमा उद्घाटन गर्दै शान्ति प्रक्रिया टुङ्ग्याई थपिएको समयभित्र यदि संविधान जारी गर्न नसके आफू इतिहासको कठघरामा उभिन तयार रहेको जिकिर गर्नुभयो ।

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री डा.भट्टराईले शान्ति प्रक्रिया र संविधान निर्माणको पक्षमा नरहने तत्वका कारण जनताले अपेक्षा गरे अनुरुप आफूले काम गर्न नसकेको स्वीकार्दै डा.भट्टराईले आफू राजधानी फर्के लगत्तै प्रमुख दलका शीर्ष नेताहरुसंग घनीभूत छलफल गरेर संविधानको विवादित बँुदाहरुमा सहमति गरेर अगाडी वढ्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु