Sunday, 20 May 2012 02:35 pm, Nepal

जिल्लास्तरीय किसान समूह मूल समिति गठन

मेचीकाली : 2012-01-06 17:34:22


ललितपुर, २२ पुस : जिल्ला कृषि विकास कार्यालय र किसानबीच समन्वय गराउनुका साथै कृषि कार्यक्रमलाई समानुपातिक रुपमा सञ्चालन गराउने उद्देश्यले ११ सदस्यीय किसान समूह मूल समिति गठन गरिएको छ । कृषि कार्यालयमा जिल्लाभरिका किसानको आज भएको भेलाले उक्त समिति गठन गरेको हो ।

    शोभा थापाको अध्यक्षतामा गठित सो समितिका उपाध्यक्षमा माधव दुलाल, सचिवमा जयराम थापा र कोषाध्यक्षमा जोगबहादुर महर्जनसहित ११ सदस्य रहनुभएको छ ।  

    भेलामा जिल्लाभरिका आठ कृषिसेवा केन्द्रबाट प्रतिनिधित्व हुने गरी किसानको सहभागिता थियो ।

    प्रत्येक गाविसले कूल वार्षिक बजेटको १५ प्रतिशत छुट्याउनुपर्ने भए पनि जिल्लामा रहेको १५ गाविसले मात्र १० प्रतिशतदेखि १५ प्रतिशत बजेट छुट्याउने कार्य गरिरहेकाले गाविसलाई यससम्बन्धी खबरदारी गर्ने कार्य पनि समितिले गर्नेछ ।

    समितिले कृषि कार्यक्रमका लागि किसान र कृषि कार्यालयबीच समन्वयात्मक कार्य गर्ने कृषि कार्यालयका योजना अधिकृत लिलाबहादुर सिंह राठौरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु