Sunday, 20 May 2012 02:35 pm, Nepal

सुकेटार विमानस्थल विस्तार एक सातामा सकिने

मेचीकाली : 2012-01-07 08:28:11


ताप्लेजुङ, २३ पुस : सुकेटार विमानस्थलको विस्तार आगामी साता सकिने भएको छ ।असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको विस्तार कार्य छ महिना अगावै पुरा हुन लागेको इन्जिनियर मणिगोविन्द श्रेष्ठले बताउनुभयो ।छ सय मिटर लम्बाइ रहेको विमानस्थल विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष कान्छाराम, याक्थुङहाङ र युनाइटेड बिल्डर कम्पनीलाई जिम्मा दिएको थियो ।

दुई हजार ७०० मिटर उचाइमा अवस्थित विमानस्थलमा मङ्सिरपछि चिसो बढेर काम गर्न समस्या भइरहेको मजदुरले बताए ।

    ताप्लेजुङ, पाँचथर र तेह्रथुम क्षेत्रको एकमात्र विमानस्थल विस्तारका     क्रममा उडान बन्द गरिएकाले सर्वसाधारणलाई असुविधा भएको छ ।  रु पाँच करोड ५४ लाखमा दिइएको ठेक्कामा १३ प्रतिशत रकम थपिएको छ । विमानस्थलमा २० मिटर काट्ने र नौ मिटर भर्ने गर्नुपर्दा बढी खर्च भएको ठेकेदार कम्पनीको दाबी छ ।

    विमानस्थल विस्तारपछि एक हजार मिटर लामो हुने छ । विस्तारपछि ट्विनअटर र डोनियर जहाजले निर्बाध उडान गर्न सक्ने इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु