Sunday, 20 May 2012 02:36 pm, Nepal

ट्रक र जीप जुध्दा ७ जनाको मृत्यु, १० जना घाइते

मेचीकाली : 2012-01-07 10:22:14


दाङ, २३ पुस : दाङमा आज विहान ट्रक र जीप ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै र एकजनाको लमहीमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा जीप चालक चैलाही ९ वगाउँका धनिराम चौधरी, सिसहनिया ४ पिपरी की पालु गुप्ता, चौलाही २ लमहीका अशोक योगी, रवि चौधरी, कान्तु चौधरी, मालती गौतम र एक बालक निर्जल केसी रहेका छन् ।

 मृतकहरु सबै कृष्णनगर सामान किन्न जान लागेका व्यापारीहरु थिए । उनीहरु आज शनिबारको विदा पारी कृष्ण्ँनगर जान थालेका थिए । लमहीवाट कृष्णनगरतर्फ जाँदै गरेको ना १ ज १३४९ नम्वरको जीप र चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको ना ३ ख ६०९२ नम्वरको ट्रक गोवरडिहा–१ टहडामा ठोक्किएको थियो । चालकसहित जीपमा सवार सात यात्रुहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले पुष्टि गरेको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक अशोकप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरुलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । बाक्लो हुस्सु लागेका कारण गाडी ठोक्किएको प्रहरीले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु