


दाङ, २३ पुस : दाङमा आज ट्रक र जीप ठोक्किएर भएको दुर्घटनामा मर्नेको संख्या १० पुगेको छ । लमहीबाट यात्रु लिएर कपिलबस्तुको कृष्णनगर तर्फ जाँदै गरेको ना १ ज १३४९ नम्वरको जिप र पूर्ववाट पश्चिम तर्फ आँउदै गरेको ना ३ ख ६०९८ नम्वरको ट्रक गोवरडिहा–१ टहडामा ठोकीदा मृत्युहुनेको संख्या हुदा अहिलेसम्म १० पुगेको हो ।
दुर्घटनामा परि ६ जनाको घटनास्थलमै, अन्य दुई जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा र थप २ जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परि मृत्युहनेहरुमा सबै जीपमा सवार रहेका छन् । मृत्युहुनेहरुमा जस्प चालक चैलाही–९ वनगाउँ निबासी धनिराम चौधरी, चैलाही–२ लमहीका अशोक योगी, सोही ठाउँका रवि चौधरी, कान्तु चौधरी, मालती गौतम, निर्जला केसी, सिसहनिया–४ पिपरीका पालु गुप्ता र बेला २ निबासी एकराज चौधरी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका एक राज चौधरी र अशोक योगीको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । यसैबीच उपचारका लागि नेपालगञ्ज पु¥याइएका घाइते थप दुई जनाको उपचारको क्रममा मृत्युभएको प्रहरीले बताएको छ । मृतक दुबैको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी ५ जना घाईते भएका छन् । दुर्घटनामा घाइते भएका पाँच जनाको अहिले नेपालगञ्जमा उपचार भैरहेको दाङका प्रहरी प्रमुख गणेशबहादुर ऐरले जानकारी दिनुभएको छ । बाँक्लो हुस्सु लागेका कारण ट्रक र जीप एकआपसमा ठोक्किएको प्रहरीले बताएको छ ।