Sunday, 20 May 2012 02:40 pm, Nepal

निसास्सिएर एक शिक्षकले ज्यान गुमाए

मेचीकाली : 2012-01-08 08:47:23


कपिलवस्तु, २४ पुस : कपिलवस्तु नगरपालिका ४ धनौराटोलमा आज बिहान निस्सासिएर एक शिक्षकको मृत्यु भएको छ । कोठा भित्र रहेको धुवाले निस्सासिएर प्याराडाईज बोडङ स्कूलका ३५ वर्षका शिक्षक बिजय कहारको मृत्यु भएको हो । कहारको श्रीमती २८ वर्षीया सरस्वती समेत गंभीर रहेको प्रहरीले जनाएको छ । कोठाको झ्याल ढोका बन्द गरी कोईलाबाट आगो बाली अबेर राति सम्म तापेका थिए ।

आगो ताप्दा ताप्दै सुतेका उनीहरुलाई सास फेर्न कठिन भएपछि दुबै अचेत अवस्थामा पुगेको छिेमेकीहरुले बताएका छन् । अचेत बनेका दुबैलाई उपचारका लागि तौलिहवा अस्पतालमा पु¥याउदा चिकित्सकहरुले बिजयलाई मृत घोषणा गरेका थिए । कोठामा  अक्सिजनको कमीले बिजयको मृत्यु भएको हुन सक्ने तौहिलवा अस्पतालका डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु